२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल, राष्ट्रपतिसमक्ष पठाइँदै

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल भएको छ ।

मंगलबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन् ।

२०७९ साल फागुन २५ गते गते दर्ता भएको विधेयक साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो र त्यहाँबाट ६ भदौमा पारित भयो ।

१ फागुन, २०५२ मा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोह ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा पुगेर टुंगिएको थियो ।

शान्ति सम्झौताअनुसार संविधानसभाको निर्वाचन, माओवादी लडाकुहरुको व्यवस्थापन लगायतका काम भए पनि संक्रमणकालीन न्यायको काम बाँकी नै छ ।

२०७१ मै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भएर आयोग पनि बनेको थियो ।

तर मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा आममाफी हुन नसक्ने ठहर गर्दै सर्वोच्च अदालतले ऐनका केही दफा खारेज गरेपछि यो प्रक्रिया रोकिएको थियो ।

अदालतको आदेश समेतलाई सम्बोधन गर्दै प्रतिनिधि सभाको चालू कार्यकालमा आएको विधेयक दुवै सभाबाट पारित भएर अगाडि बढेको हो ।

दुवै सभाबाट पारित भएसँगै अब यो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिले प्रमाणीकरण भएपछि कानुन बनेर कार्यान्वयन हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com