२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

पलेशाले पाउने ६५ लाखको कर नकाट्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ नै पाउने भएकी छन् ।

बुधबार स्वदेश फर्किएकी उनले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेलरग्रीष्मकालीनरशीतकालीनरपारारविशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

फ्रान्सको पेरिसमा गत शनिबार पलेशाले पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेकी थिइन् ।

५ लाखसम्म पुरस्कारमा आकस्मिक लाभ कर लाग्दैन, थपमा २५ प्रतिशतसम्म आकस्मिक लाभ कर लाग्छ । तर प्रधानमन्त्रीले छुट दिने बताएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com