२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

अब सरकारी कार्मचारीको खाजा समय ३० मिनेट : प्रधानमन्त्री ओली

काठमाडौँ- सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।

यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरूको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । तर २०८०/१०/२९ मा राजपत्रमा प्रकाशन गरेर खाजा खाने समय १:३० देखि २ बजेसम्म छुट्याइ सकिएको छ ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ ।’

उनले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com