संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

काठमाडौँ – नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । शुक्रबार साँझ बालुवाटारमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बैठक सुरु भएको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक डाँकेका हुन् । यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।
शुक्रबारको परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।
आजको बैठकबाट सिफारिसमा परेका मध्येबाट प्रकाशमान सिंह राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ ।



