२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन् : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको र सबैले त्यसमा विश्वास गरेको उल्लेख गरेका छन् ।

‘रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले आफूले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ‚’ उनले लेखेका छन्‚‘त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।’

उनले रवि लामिछानेले सहकारीबाट एक १.८ करोड ठगेको र त्यो पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १.८ करोड बराबरको सेयर किनेको पनि दाबी गरेका छन् ।

‘१.८ करोड बराबरको सेयर किनेपछि, सोही अनुरूप कम्पनी रजिस्ट्रारको कार्यालयमा आफूले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले‚’ ढकालले लेखेका छन्‚ ‘यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोही अनुसार कम्पनी रजिस्टारको कार्यालयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्‍याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनी रजिस्टारको कार्यालयमा आफूले सेयर किनेको भनेर कागजात पेस गरेका छन् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com