२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

संसदमा माओवादीको प्रश्न : माओवादी हिंसा शब्दको प्रयोग व्यक्तिगत हो कि दलको ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो मतलाई कायम राख्दै प्रतिनिधि सभाको अवरोध हटाएको छ ।

माओवादीका तर्फबाट सोमबार उपमहासचिव शक्तिबहादुर बस्नेतले आफ्नो मतलाई संसदमा कायम राखेर अवरोध हटाएको जानकारी दिए ।

प्रधानमन्त्रीको विदेश भ्रमण, केही महत्वपूर्ण विधेयक पारित लगायत कार्यसूची अगाडि बढाउन प्रतिनिधि सभा बैठकको अवरोध हटाएको उनले बताए ।

तर संसद् अवरोध हटाउँदै गर्दा सांसद बस्नेतले सत्तारुढ सांसदहरुको अभिव्यक्ति र नेपालको राजनीतिक आन्दोलनबारे लामै चर्चा गरेका छन् ।

‘माननीयज्यूहरुले प्रयोग गर्नुभएको हिंसा शब्दलाई असंसदीय शब्दका रुपमा नभएर जनताको त्याग र बलिदानीलाई अपमान गर्ने अपमानित शब्दका रुपमा हामीले लिएका छौं’ उनले भने, ‘यसलाई केवल शब्दका रुपमा मात्र नभएर नेपाली क्रान्तिको समग्र प्रक्रियालाई तोडमोड गर्ने प्रयासका रुपमा हामीले लिएका छौं ।’

१२ भदौमा एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेका थिए ।

सांसद बस्नेतले उक्त शब्द प्रयोग सांसदहरुको व्यक्तिगत अथवा दलगत भएको प्रष्ट पार्न समेत माग गरे ।

‘यो भनाइ माननीय ज्यूहरुको व्यक्तिगत विचार हो ? वा दलको विचार हो ? वा सरकारको बुझाइ हो ? हाम्रो दलले स्पष्टताको माग गर्दछ र सच्याउन माग गर्दछ’, उनले भने ।

माओवादीको सशस्त्र विद्रोहलाई हिंसा मान्दा राजनीतिक क्रान्तिको इतिहास नै तोडमोड हुने बस्नेतले बताए । ‘झापालाई के भन्ने ? २००७ साललाई के भन्ने ? हिंसा भन्ने कि उग्रवामपन्थी भड्काव ?’ बस्नेतले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com