२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

टीआरसी: सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

काठमाडौं । सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले टीआरसी विधेयक संशोधन भइसकेपनि दुबै आयोग पदाधिकारीबिहीन छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको थिएन ।

तीन दलका शीर्ष नेताहरुबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ । ‘अब सरकारले आयोगले सदस्य पठाउन आग्रह गर्छ’, छलफलमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले भने ।

महान्यायाधिवक्ता रमेश बढालले पनि प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com