२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे निर्वाचित

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा एमालेका मोहन खड्काले ५२५ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नवीन बस्नेतले ४०४ मत पाए ।

बेलका ९ मा गएरातिदेखि मतगणना सुरु भए पनि बदर मतको विषयमा विवाद हुँदा गणना रोकिएको थियो । बदर भएका मत पुन: गणना गर्ने सहमति भएपछि सोमबारबाट फेरि मत गणना भएको हो ।

निर्वाचन आयोगका अनुसार बेलका ९ मा १ हजार ८८५ मत खसेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा रिक्त वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com