२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बैठक नराखेको भनेर सार्वजनिक लेखा समितिका सभापतिको आलोचना गरेका छन् ।

सिंह लेखा समिति सदस्य हुन् । संघीय निजामती सम्बन्धि विधेयकमाथिको छलफलमा संशोधनकर्ताको हैसियतमा छलफलमा सहभागी भएका सांसद सिंहले लेखा समिति सभापतिले बैठक नराखेको भनेर आलोचना गरेका हुन् ।

‘लेखा समितिको बैठक बसेको छ ? छैन’, उनले भने, ‘कुलमान हटाउन खोज्यो सकेन । त्यसपछि समितिको बैठक नै बसेन ।’

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउन लेखा समितिले प्रहरीलाई कारबाही गर्न र अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिन खोजेको तर नसकेपछि समितिको बैठक नै बस्न नसकेको उनले बताए ।

‘तीन दिन अगाडि नै निर्णय दिइएको थियो हामीलाई । प्रहरीलाई कारबाही गर्न र अख्तियरलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय तीन दिन अगावै दिदा समेत हामीले मानेनौं र निर्णय हुन सकेन । त्यसपछि बैठक नै बस्न सकेको छैन’, उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com