२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । योसँगै कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । कर्णाली विकास बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको पनि राष्ट्र बैंकले जनाएको छ ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले भोलिदेखी नै कर्णाली विकास बैंकको जिम्मेवारी सम्हाल्नेछ ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक व्यवस्थापन समूहलाई सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायत अख्तियारी प्रदान गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कर्णाली विकास बैंक लिमिटेडलाई राष्ट्र बैंकले यसअघि गएको मङ्सिरमा शीघ्र सुधारात्मक कारबाही गरेको थियो । बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको जनाइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com