२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

संसद्‌का दुई समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्‌का दुई वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद्‌ सचिवालयले जनाएको छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक दिउँसो १२:१५ बजेबाट सुरू हुनेछ ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै एजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत्‌ विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com