२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार सिंहको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए

‘२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनका बेलामा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सिद्धान्त र आदर्शको राजनीति गर्ने परिवारमा कष्टको त साध्य नहुने । त्यस्तो समयमा उहाँले हाम्रो अभिभावक बन्नुभयो’ उपप्रधानमन्त्री सिंहले पिएल सम्झँदै भने ‘उहाँ  सरल र सहज स्वभावको, सबैले स्वीकार गर्ने र  सबैसँग भिज्न सक्ने । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ ।’

पिएल सिंह गणेशमान सिंहसँग मात्र नभई सन्त नेता कृष्णप्ररसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे । पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएको पनि उनले बताए ।

त्यस्तै काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौँलाई महागनगर बनाएको र काठमाडौँको विकासका लागि अन्तर्रास्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौँ बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि  सिंहले चर्चा गरे ।

कांग्रेस काठमाडौँ सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वममहामन्त्री कृष्ण सिटौला,स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौँ जिल्ला समिति,महानगरसमितिका सभापति निलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौँ जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com