२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

ओली सरकार भ्रष्टाचारको पक्षमा रहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार सुशासनका विरुद्ध र भ्रष्टाचारको पक्षमा रहेको बताएका छन् । कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारको पक्षमा मात्रै काम गरेको आरोप लगाए ।

प्रधानमन्त्री हुँदा सुशासनको पक्षमा अभियान चलाएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘उक्त अभियानकै क्रममा ठूला नेताहरुलाई पनि अनुसन्धानको घेरामा ल्याएको थिए । तर भ्रष्टाचारका पक्षधरले सरकारमा बस्न दिएनन् ।’ देशमा भ्रष्टाचार नियन्त्रणका लागि माओवादी केन्द्र एक नम्बर पार्टी हुन आवश्यक रहेको प्रचण्डले बताए । ‘गिरीबन्धु, ओम्नी, वाइड बडीलगायतका फाइल खुल्छन्,’ उनले भने, ‘त्यसका लागि माओवादीलाई बलियो बनाउन आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले आफ्नो १८ महिनाको कार्यकालमा थुप्रै काम गरेको बताउँदै वर्तमान सरकारले ती कामको निरन्तरता पनि दिन नसकेको आरोप लगाए । उनले सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेजको निर्माण आफ्नै पहलमा भएको उनले दाबी गरे ।

‘हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग पनि हामीले नै अगाडि सारेका थियौं,’ उनले भने, ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि पनि मैले नै भारतसँग सहमति गरेको थिएँ । सेती परियोजना अगाडि बढाउने काम पनि मैले नै गरेको हुँ । दुई÷चार महिना मैले सरकार चलाउन पाएको भए पञ्चेश्वर परियोजना पनि टुंगोमा पुग्ने थियो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com