२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारमुद्दा दायर

ठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ ।

स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुद्दा दायर गरेको हो । बस्नेत सहित राजु प्रसाद कंडेल र मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँहरुसँगै पद्मा कोलोनी र पद्ममा मच्यान्ट कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले उहाँमाथि ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै सम्पति शुद्दिकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दायर गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com