२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

मोहन वैद्यको आईसीयूमा उपचार हुँदै

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।

गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थपिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

‘शुक्रबार साँझबाट घ्याँरघ्याँर बढेको थियो । त्यसपछि आईसीयूमा राखेर उपचार गराइरहेका छौं,’ ती चिकित्सकले भने ।

उनका अनुसार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा वैद्यको उपचार भइरहेको छ । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

‘उहाँको १५ वर्षदेखि नै दमको पुरानो समस्या हो,’ ती चिकित्सकले भने,  ‘अहिले अवस्था स्थिर छ । आइतबार दिउँसोबाट केही सुधारोन्मुख दिएको छ । श्वासप्रश्वास सहज महसुस गर्नुभएको छ ।’

अघिल्ला वर्षहरुमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com