२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको छ – विप्लव

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरि सबैबीच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान विचारधारबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए ।

उनले ठूला भनिएका दलहरू भित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भएपनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com