२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

स्वर्णलक्ष्मी सहकारी ठगी : बहस नसकिएपछि पूर्वडीआईजी जोशी प्रहरी हिरासतमा

काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको बताए । भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com