२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

सिमेन्ट बोरामा २५० रूपैयाँ बढ्‌यो, जवाफ दिन उद्योग मन्त्री भण्डारी संसदीय समितिमा जाँदै

काठमाडौँ- सिमेन्टको मूल्य वृद्धिबारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् ।

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए । उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन् ।

सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com