२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

साम्राज्यवादीहरुले नेपालमा पहिचान पक्षधरलाई उचाले : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताविरुद्ध देखा परेको असन्तोषलाई प्रतिगामी दिशामा मोड्न राजावादी राजनीतिक सङ्गठनहरूले प्रयत्न गरिरहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको आयोजनमा बुधबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राजावादी संघ संगठनले सङ्घीयता वा त्यसको प्रादेशिक संरचनाको खारेजीको माग गर्नुमा राजाको प्रतिक्रियावादी र निरङ्कुश शासनको पुनस्र्थापना गर्नु रहेको बताएका छन् ।

‘उनीहरु पुरानो प्रकारको सामन्ती, केन्द्रिकृत र नोकरशाही प्रकारको एकात्मक प्रणालीको पुनस्र्थापना गर्नु नै हो’, केसीले भनेका छन्, ‘तर आजको आवश्यकता पुरानो प्रकारको प्रतिक्रियावादी एकात्मक प्रणाली होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्नु हो ।’

अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले विद्यमान सङ्घीय व्यवस्थालाई खत्तम गरेर त्यही प्रकारको एकात्मक प्रणाली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताए ।

‘त्यसका साथै हाम्रो जोड यो कुरामा पनि छ कि स्थानीय निकायहरूलाई पूरै नै अधिकार सम्पन्न बनाउनु पर्दछ र त्यसको लागि स्वायत्त शासनलाई संविधानको मौलिक अधिकारको सूचीमा राखिनु पर्दछ’, अध्यक्ष केसीले भनेका छन्, ‘त्यसो गरिएमा कुनै पनि सरकारले स्वेच्छाचारी प्रकारले स्थानीय निकायहरूको अधिकारमा कटौती गर्न सक्ने छैनन् ।’

केसीले पश्चिमा र भारतीय साम्राज्यवादीहरुले नेपालमा पहिचान पक्षधरलाई उचालेर आन्दोलन गर्न उक्साइरहेको समेत बताएका छन् । ‘पश्चिमी साम्राज्यवादी शक्तिहरूले नेपालमा सङ्घीयतालाई जातिवादी रूप दिन पनि पूरै शक्ति लगाएका छन्’, अध्यक्ष केसीको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com