२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

भीम रावलको अभियानमा सक्रिय रहेको भन्‍दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

, धनगढी। नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्‍दै प्रदेश सदस्‍यसहित ५ जना नेतालाई निष्कासित गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

उका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।

यस्तै, प्रदेश सदस्‍य बिकले स्पष्टीकरण नदिएको, अन्य तीन जनालाई ३/३ महिनाका लागि निलम्बन गरिएकोमा रावलको अभियानमा संलग्न भएर पार्टी र नेतृत्वविरूद्व लागेको देखिएकोले निष्कासन गरिएको सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा (१) बमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाहीमा परेका सबै नेता रावलको गृह जिल्ला अछामको साफेबगर नगरपालिकाका बासिन्दा हुन् ।

एमालेबाट निष्कासन परेका पूर्वउपाध्यक्ष रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति : 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com