२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

आहारारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र विभागीय टोली एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

चर्चित खेलाडीहरु टिममा राखेर पनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा हुनेछ । केही दिनअघि काठमाडौंमा भएको सभापति कप फुटबलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

जहाँ मछिन्द्रले एपीएफलाई १-० ले हराएर सेमिफाइनल पुगेको थियो । त्यस खेलमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेका थिए । सनिशलाई सहारा क्लबले यस वर्ष सहारा सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट २४औं संस्करणको उद्घाटनको अवसरमा सम्मान समेत गरेको थियो ।

गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङजस्ता खेलाडी छन् ।

मछिन्द्रमा नाम चलेका खेलाडीहरू भएपनि त्यस अनुसारको प्रदर्शन पोखरामा देखिएको छैन । उता एपीएफमा राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा मुख्य खेलाडीको रुपमा छन् ।

एपीएफमा सँगै खेलेका खेलाडीहरु भएकोले टिम सन्तुलन राम्रो देखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com