पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पाेखराका मेयर घाइते

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन फड्किएर आगो लाग्दा मेयर आचार्यको अनुहार सामान्य जलेको छ।
अर्थमन्त्रीको तुलनामा मेयर आचार्यको गालाको भाग बढी जलेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।