२०८२ फाल्गुन २८ - Thu Mar, 2026 -

Janasewa News

आजदेखि माओवादीको जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान, यस्तो छ कार्यक्रम तालिका

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी : तराई-मधेस जागरण अभियानन शुरु गर्दैछ ।

माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्दै छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ ।

कार्यक्रम तालिका:

कोशी प्रदेश 
झापा– फागुन –१२ गते
मोरङ–  फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेश प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश
चितवन– फागुन २५ गते

गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

माओवादी केन्द्रले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान सञ्‍चालन गर्न लागेको बताएको छ । यसक्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफु सरकारमा हुदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रले बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com