२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष

चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशन शुक्रबार चौतारामा सम्पन्न भएको छ ।

अधिवेशनबाट सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निर्मल बस्नेत, सम्झना कार्की, सचिवमा अर्जुन शर्मा, सहसचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दीलमाया श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिए । सदस्यमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी निर्वाचित भए । पहिलो बैठकले १ सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको श्रेष्ठले जानकारी दिए । निर्वाचित समितिलाई प्रेस सेन्टर नेपालको वाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतमले सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष शिरीषले प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टिमले अझ उचाईमा पुर्‍याउने बताए । ‘हामीमा ठूलो जिम्मेवारी आएको हामीले ठानेका छौं, यो जिम्मेवारीलाई हामी पूरा गर्न सक्षम रहनेछौं भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने– ‘पत्रकारको हक हित, सांगठानिक विकास, जनपक्षीय पत्रकारिताको विकासमा हामी दृढ रहनेछौं।’ मुख्यगरी सञ्चारकर्मीको पेशागत हकहित, स्थानीय सरकार, पत्रकारका संघ संगठनसँग सहकार्य गरेर पेशागत विकासमा जोड दिने उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com