२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रचण्डसँग तत्काल एकता गर्ने सम्भव छैन : महासचिव विप्लव

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । बेनीमा बुधबार मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।

‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ, उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।

उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।

तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’

‘म अहिले तपाईहरुको बीचमा इमानपूर्वक भन्छु दुई चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानूनको बाधा छ भन्नुभयो ।’

उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरु पनि तीन बँुदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेलविरुद्ध लड्न खोज्दा आफूहरुलाई प्रतिबन्ध लगाइएको दाबी गरे ।

उनले देशमा संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com