२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने-ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’भनी प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसमा चर्काचर्की गरेर हिँडेपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अझै पनि सम्बन्धलाई बचाउन सकिने भनी प्रतिक्रिया दिए ।

जेलेन्स्की ओभल अफिसमा भएको असाधारण वार्तामा डोनाल्ड ट्रम्प र जेडी वेन्ससँग भिडेका थिए । उक्त टसलपछि उनलाई ह्वाइट हाउस छोड्न भनिएको थियो भने संयुक्त पत्रकार सम्मेलन समेत अकस्मात रद्द गरिएको थियो ।

बाझाबाझ कै दौरान अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘आभारी’ भनेका थिए । तर, ट्रम्पले ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भनी जिस्काए । त्यसपछि भड्किएका जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता हुन नहुने बताए भने क्रेमलिनप्रति ट्रम्पको नरमपन्थी व्यवहारलाई लिएर आक्रोशित भए ।

जेलेन्स्की रिसाएपछि ह्वाइट हाउस छोड्न भनिएको र पछि दुबै नेताले सामाजिक सञ्जालमार्फत आ-आफ्नो प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ र सम्बन्ध बचाउन सकिने भनी प्रतिक्रिया जनाउँदा ट्रम्पले शान्तिका लागि तयार भए उनी (जेलेन्स्की) फिर्ता आउन सक्ने भनी पोष्ट्याए ।

यसैबीच, जेलेन्स्कीले कयौँ युरोपेली नेताहरुलाई जवाफ दिएका र उनीहरुले युक्रेनप्रति आफ्नो समर्थन जाहेर गरेको बताइएको छ । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुबैसँग कुरा गरेको र उनले युक्रेनका लागि आफ्नो अटूट समर्थन कायम रहेको भनी प्रतिवद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com