२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

चीनको सुरक्षा चासो र एक चीन नीतिमा कांगेस नेताहरूको प्रतिबद्धता

काठमाडौँ । चीन भ्रमणमा रहेका नेपाली कांगेस नेताहरूले चीनको सुरक्षा चासो र एक चीन नीतिमा प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र देवराज चालिसेले सिचवान प्रान्तको लेसान सीटीमा आयोजित कार्यक्रममा लिखित मन्तव्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणा राखे ।

कोइरालाले चीनले कला, संस्कृति, सम्पदा र पुरातात्त्विक महत्वका वस्तुको संरक्षणमा गरेको काम नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् । उनले सम्पदा संरक्षणमा चीनको अनुभव र सहयोग लिन नेपाल सरकारलाई आग्रह पनि गरिन् ।

चालिसेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले अतुलनीय विकास गरेको स्मरण गर्दै चीनको प्रगति नेपालका लागि पनि लाभदायक र उपयोगी हुने विश्वास व्यक्त गरे ।

भ्रमण टोलीसँग लेसान सीटीको गुआनयीङ गाउँपालिकाका पदाधिकारीले पनि अन्तरक्रिया गरेका थिए । त्यसक्रममा स्थानीय नेताहरूले आफूहरूले पनि निर्णय प्रक्रियामा प्रजातान्त्रिक अभ्यास सुरु गरेको जानकारी गराएका थिए ।

टोलीलाई विभिन्न कृषि एवं नमुना क्षेत्रको पनि अवलोकन गराइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com