२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

फालिसकेको राजसंस्था फर्किन सक्दैन – गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने स्पष्ट पारेका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने बताएका हुन् ।

उनले मुलुकमा विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए । गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे ।

उनले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उदार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सबै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताए । लोकतन्त्रलाई कसैले पनि कमजोरीका रूपमा नलिन उनले चेतावनी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com