२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

१७२ जना यात्रु सवार विमानमा आगो लागेपछि

वासिङ्टन डीसी । अमेरिकाको कोलोराडोमा रहेको एउटा विमानस्थलमा यात्रुहरू खचाखच भरिएको विमानमा अचानक आगलागी भयो । धुवाँको मुस्लोले विमान पूरै ढाकियो । विमानमा आगो लागेको हल्ला चल्ने बित्तिकै विमानभित्र भागदौड मच्चियो ।

हत्त त पत्त आकस्मिक ढोका खोलेर यात्रुहरूलाई विमानबाट बाहिर निकालियो । यात्रुहरू विमानको पखेँटामा निस्किएर उभिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटनामा कोही पनि घाइते भएका छैनन् । बिहीबार साँझ डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको खबर आयो ।

विमानस्थलका अधिकारीहरूका अनुसार गेट सी३८ मा राखिएको विमानमा आगो लागेको थियो । टार्माकमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखिएको थियो । यो विमान कोलोराडो स्प्रिंग्स विमानस्थलबाट उडेर डलास फोर्ट वर्थ अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो ।

तर डेनभर विमानस्थलतिर डाइभर्ट गरियो । अमेरिकन एयरलाइन्सले उडानको लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० भएको बताएको छ । ‘गेट सी३८ मा पार्क गरिएको अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको थियो र त्यसबाट धुवाँ स्पष्ट रूपमा निस्किरहेको थियो ।’ मिडिया रिपोर्टहरूले विमानस्थललाई उद्धृत गर्दै भनेका छन् ।

विमानस्थलले आगो नियन्त्रणमा आएको र साँझ ६ः१५ बजेसम्म कुनै पनि क्षति नभएको बताएको छ । यसैबीच, संघीय उड्डयन प्रशासनले अमेरिकन एयरलाइन्सको उडान १००६ लाई बिहीबार साँझ डाइभर्ट गरिएको र डेन्भर अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताएको छ ।

घटनाको समयमा विमानभित्र १७२ जना यात्रु र छ जना चालक दलका सदस्यहरू थिए । अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)का अनुसरा यात्रीहरूलाई भुईँमा सुरक्षित रुपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो ।

विमानबाट ओरालेर यात्रीहरूलाई टर्मिनलमा लगिएको थियो । एफएएले यो घटनाको अनुसन्धान गर्ने बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com