२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

पाथीभरा केवलकार निर्माण विवाद : गृह मन्त्रालयले स्थानीय प्रतिनिधिलाई बोलायो वार्तामा

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

यसै क्रममा मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको छ । वार्ता टोलीका  संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै  स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन् ।

‘पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु’ पत्रमा भनिएको छ ।

476486233_1157532735746030_2971606392376844109_n (1)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com