२०८२ बैशाख १३ - Sat Apr, 2025 -

Janasewa News

समाजसेवी हरीभक्त मगरातीले एसईर्ई दिने विद्यार्थीलाई नि:शुल्क बस सेवा व्यवस्था गरे

धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले धादिङको ज्वालामुखी ७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवाको व्यवस्था गरि दिएका छन् ।

यी दुई विद्यालयको परिक्षा केन्द्र ज्वालामुखी ६ सुनखानी माध्यमिक विद्यालय परेको छ । परिक्षा केन्द्र सम्म आउन र जान विद्यार्थीहरुलाई सहज होस् भनेर आफुले नि:शुल्क बस सेवा दिएको मगरातीले  बताए । सालबास माविबाट ३१ जना र भुवनेश्वरी माविबाट १९ जना गरि ५० यस वर्ष एसईईमा सहभागी छन् ।

ज्वालामुखी ७ निवासी मगराती कै पहलमा गत कार्तिकमा पारिवारिक आर्थिक अवस्था कमजोर कक्षा १० मा अध्ययनरत

रोशनी नेपालीलाई ४३ हजार ७५० रुपैंया सहयोग प्राप्त भएको भुवनेश्वरीको शिक्षक सानु नेपालीले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com