२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

एसइईमा परिक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

काठमाडौँ- नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसइई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

देशैभरका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८:०० बजेदेखि सुरू भएको परिक्षा ११:०० बजे सकिनेछ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ ।

केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्। जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।

परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसइई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंवाट ३९ हजार बढीले परिक्षा दिइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com