२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

देउवालाई ओलीको सम्बोधन- विपक्षी दल नेता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै कार्यक्रममा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्ने क्रममा विपक्षी दल नेता भनेका छन्।

सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विपक्षी दल नेता भनेपछि सहभागीहरू हाँसेका थिए।

अहिले कांग्रेस-एमाले लगायत दलको सरकार छ।

‘विपक्षी दलका नेता, संसदमा। ए विपक्षी दल नेता होइन, अहिले त हामी सरकारमा पो छौं त है,’ बालुवाटारमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी।’

पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले लेखेको पुस्तक विमोचनमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा, नेता शशांक कोइराला र शेखर कोइरालालगायत उपस्थित थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com