२०८२ बैशाख १२ - Fri Apr, 2025 -

Janasewa News

प्रधानमन्त्री ओलीले आफ्ना बारेमा जथाभावी नबोल्न प्रतिपक्षी दललाई दिए चेतावनी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सम्बन्धमा जथाभावी नबोल्न चेतावनी दिएका छन् । उनले प्रतिपक्षीले संसद्मा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको सम्बन्धमा प्रश्न गर्दै जवाफ माग गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो चेतावनी आएको हो ।

एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् ।

‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस्,’ ओलीले चेतावनी दिए, ‘थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठा छर्ने थलो बनाउनुहुन्छ, संसदलाई ?’

घिसिङलाई बर्खास्त गरेको सम्बन्धमा प्रतिपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरुद्ध गरेका छन् । त्यसै सन्दर्भमा ओलीले भने, ‘यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । के-के न ठूलो अपराध गरेको जस्तो, मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान ठूलो कुरा गरेको जस्तो । कसैले के-के न ठूलो भ्रष्टाचार गरेको जस्तो, यो असत्य होस् । होइन रहेछ भने, नत्र ।’

प्रतिपक्षले गरेको संसद् अवरोधबारे ओलीले अगाडि भने, ‘ म भन्दिनँ चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com