२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

भोलि बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।

कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com