२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

संविधानसभा सदस्य खिमलाल देवकोटाले लेखेको ‘संक्रमणकालीन न्याय’ पुस्तक :अधक्ष प्रचण्डद्धरा विमोचन

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई सजगतापूर्वक टुंग्याउन नसके समाजमा फेरि द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् । संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले लेखेको ‘संक्रमणकालीन न्याय’ पुस्तकको शनिबार लोकार्पण गर्दै उनले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा योगदान पुर्‍याउन सरोकारवाला सबैको ध्यानाकर्षणसमेत गराए ।

‘संक्रमणकालीन न्यायसम्बन्धी विषय राम्रोसँग टुंगिएन भने समाजमा फेरि द्वन्द्व निम्तिन सक्छ, त्यसैले आ–आफ्नो ठाउँमा सबै संवेदनशील भएर जिम्मेवारीपूर्वक टुंगोमा पुर्‍याउन सबैले योगदान गर्नैपर्छ,’ उनले भने । प्रचण्डले माओवादीले विचार र रणनीतिको जगमा जनयुद्ध गरेकाले कसैले लहडका भरमा फेरि बन्दुक उठाएर जनयुद्ध गर्न नसक्ने ठोकुवा पनि गरे । ‘कसैले चाहँदैमा सजिलै अर्को जनयुद्ध गर्छ, अर्कोले फेरि बन्दुक उठाएर लडेर देखाउन सक्छ भन्ने त्यति सजिलै लाग्दैन । दुई चारजना उफ्रिएको भरमा जनयुद्ध भएको पनि होइन, यसको विचार, ट्याक्टिस, परिस्थिति धेरै चिज मिलेर हुने कुरा हो । तीनकुनेमा हत्या र आगजनी गरेजस्तो सजिलो कुरा होइन,’ उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले गम्भीर प्रकृतिको अपराधमा मुछिएका कसैलाई पनि क्षमादान दिनु हुँदैन भन्ने अडानमा उभिँदै आएको र संक्रमणकालीन न्यायसम्बन्धी कानुनले पनि त्यही कुरालाई स्थापित गरे पनि एकाथरी बौद्धिक वर्गले जस नदिएकोमा पनि असन्तुष्टि जनाए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताए । उनले आयोगको पदाधिकारीमा जो आए पनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । ‘संक्रमणकालीन न्याय टुंग्याउन आयोगमा जो आए पनि न्यायको मर्म बुझेको कमिटमेन्ट लिएर आउनुपर्छ । दुई दुईवटा आयोगले आफ्नो कार्यसम्पादन गर्न नसकेकाले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठुलो चुनौती छ,’ उनले भने ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले शान्ति सम्झौताको मर्म बिर्सेर संक्रमणकालीन न्यायको निष्कर्ष निकाल्न नसकिने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समझदारीबाट यसलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए । ‘सशस्त्र युद्धलाई शान्तिमा रूपान्तरण गर्न धेरै काम भइसकेको छ, अब शान्ति सम्झौताको बाँकी काम चाँडै टुंग्याउनुपर्छ,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com