धादिङ ज्वालामुखि गाउँपालिकाको माओवादी पार्टी अध्यक्षमा सुब्बा रम्तेल निर्वाचित

काठमाडौँ । माओवादी केन्द्र ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमा सुब्बा रम्तेल चयन भएका छन् ।
जिल्लाको सबै पालिका कमिटीले पूर्णता पाई सक्दा ज्वालामुखीको पाउन सकेको थिएन बिहिबार रम्तेलको नेतृत्वमा उपाध्यक्ष भरत गिदेल, राजन श्रेष्ठ , सलिना श्रेष्ठ, सचिव राजन सिंखडा, कोषाध्यक्ष रितेश परियार लगायतका पदाधिकारी सहित पालिका कमिटीलाई पूर्णता दिईएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।
माओवादीले ज्वालामुखीको भेला महिना दिन अघि नै गरे पनि पदाधिकारी छनोट बिहिबार गरेको हो । पदाधिकारी छनोट बैठकमा केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता र जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।