२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

पार्टीको निर्णय बमोजिम नै उपाध्यक्ष भएँ : नन्दकिशोर पुन

रुन्देही । नेकपा माओवादीका उपाध्यक्ष बनेका पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा आएको बताएका छन् ।

आज शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले पहिले पार्टीले पठाएर उपराष्ट्रपतिको जिम्मेवारीमा गएको र कार्यकाल सकिएपछि पुनः पार्टी जिम्मेवारीमै फर्किएको प्रष्टोक्ति दिएका हुन् ।

पुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे । ‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो’ उनले भने–‘संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्नेथियो र ?

पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसंग भेटघाट गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पुरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने आफ्नो प्रष्ट कुरा भएको बताए ।

राजावादीको सकृयताप्रति कडा रुपमा प्रस्तुत भएका पुनले अहिलेको अवस्थामा राजतन्त्र फर्काउने कल्पना कसै नगरे हुने र त्यस्ता मण्डलेहरुलाई नेपाली जनताले साथ नदिने बताए ।

‘माओवादीले राखेको कार्यक्रम विथोल्न योजनासहित राजावादीहरुले सोही दिन कार्यक्रम राखे, उनीहरुले मण्डले चरित्र प्रस्तुत गरे, कति वितण्डा मच्चाए, उनीहरुको के उद्देश्य रहेछ त्यो प्रष्ट पारे त ’ उनले भने । उपाध्यक्ष पुनले पार्टीले आवश्यक टानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com