एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक

काठमाडौं । नेकपा एमालेले पञ्चायतका समयमा नेताहरुको भूमिगत अनुभव समेटेर ‘सेल्टर’ पुस्तक प्रकाशन गरेको छ ।
पुस्तकका सम्पादक समेत रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन नेकपा माले, त्यसअघिका को-के सहित विभिन्न घटकको पार्टी राजनीतिमा नेताहरुले बिताएको भूमिगत अनुभव पुस्तकमा समेटिएको बताएका छन्
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले उक्त पुस्तकको विमोचन गरेका छन् ।