२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

काश्मिरमा हिन्दूको छानीछानी हत्या, आतंकवादीले नेपाली पनि मारेको भारतीय मिडियाको रिपोर्ट

काठमाडौं । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमला हुँदा २६ जनाको ज्यान गएको छ । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका पनि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमलामा परेर मारिएको घटनामा मृतकको नाम सार्वजनिक गरिएको छैन ।

जम्मु र काश्मिरका मुख्यमन्त्री ओ मार अब्दुल्लाले आतंककारीहरुलाई जनावर उपनाम दिएर खण्डन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यारालाई सजाय हुने बताएका छन् ।

आतङ्ककारीले हमला गरेको जम्मु काश्मिर क्षेत्रको पहलगाम हिमालय क्षेत्रको पर्यटन गन्तव्य भएर भारतको स्विट्जरल्याण्डको रुपमा चर्चित छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन् २०२४ कास्मिर क्षेत्रमा ३५ लाख पर्यटक पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com