२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र  मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् ।

‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन्,  म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका साथ यो काम फत्ते गरेका छन्,’ पुटिनले भने, ‘उनीहरूले साहस र वीरता देखाएका छन र म यसलाई फेरि जोड दिन चाहन्छु कि उनीहरूले उच्च स्तरको व्यावसायिकताको साथ, राम्रो सीप र प्रशिक्षण देखाएका छन् ।’

रूसी समाचार एजेन्सी तासका अनुसार कुर्स्क क्षेत्रलाई स्वतन्त्र गराउने क्रममा उत्तर कोरियाली सैनिकहरूले साहस र वीरता देखाएको भुल्न नहुने पनि पुटिनले जोड गरेका छन् ।

उत्तर कोरियाली सैनिकहरूले व्यावसायिक र इमान्दारीपूर्वक कुर्स्क क्षेत्रका सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू गरेको भन्दै मुक्तकण्ठले प्रशंशासमेत गरेको तासले उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com