सरकार आफ्नालाई जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको छ -प्रचण्ड

काठमाडौं । प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे छन्।
उनले अहिले आफूँहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। उनले थपे, ‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ। सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ।’
उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गर्दै उल्टो बाटोमा हिँडेको आरोप लगाए।
उनले थपे, हामी चिन्तित छौँ। खबरदारी गरिरहेका छौँ। अहिले नै सरकार ढाल्ने खेलमा छैनौँ। घटनाक्रम जसरी अघि बढेको छ। राम्रो छैन।