२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

अनुहारमा दाग लागेको बेलामा ऐना पुछेर हुँदैन, अनुहारको दाग नै सफा गर्नुपर्छ -गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई एउटा पनि गलत काम गर्नुपर्ने छुट नभएको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा भएकाहरुको कार्यशैली बदल्नुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले सरकारमा छौं । २०८४ सम्म सरकारमै रहन्छौं, तर निर्णय गर्दाखेरि आमजनताले निर्णय ठीक गर्‍यो भन्न सक्नेखालको गर्नुपर्छ । हामीले गरेका निर्णय र हाम्रा कारणले भएका निर्णय भोलिका दिनमा हामी जवाफदेही हुनैपर्छ । २०८४ सालमा सरकारको कुनै निर्णयको भारीले हामी थिचिनुपर्ने अवस्था नआओस् । कुनै निर्णयले लखेट्ने अवस्था नआओस्, हाम्रो अनुहार सफा देखियोस् । अनुहारमा दाग लागेको बेलामा ऐना पुछेर हुँदैन, अनुहारको दाग नै सफा गर्नुपर्छ ।’महामन्त्री थापाले पार्टीमा कोही ठूलो र कोही सानो नभएको बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com