२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटियो

चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो।

प्रहरीका अनुसार सुनका सातवटा बिस्कुट भेटिएको छ। जसको तौल लिने काम भइरहेको प्रहरीको भनाइ छ। बरामद सुन करिब सात केजी भएको आकलन छ।

प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। सुराकीको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुन भेटिएको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com