२०८२ असार ९ - Mon Jun, 2025 -

Janasewa News

धादिङ ज्वालामुखी गाउँपालिकामा माओवादी केन्द्र अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ/ नेकपा माओवादी केन्द्र ज्वालामुखी गाउँपालिकामा राजनीतिक तथा वैचारिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार ज्वालामुखी गाउँपालिका पार्टी कमिटीद्धारा एक कार्यक्रमको आयोजना गरि राजनीतिक तथा वैचारिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी कार्यकर्ताहरूलाई वैचारिक रूपमा सशक्त बनाउँदै संगठन विस्तार र राजनीतिक चेतनाको अभिवृद्धि गर्नु उद्धेश्यले आयोजना गरिएको ज्वालामुखी गाउँपालिका पार्टी कमिटी अध्यक्ष सुब्बा रम्तेलले  जानकारी दिनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा वर्तमान सरकारको भुमिका पाटीर्को राजनैतिक र संगठानिक अभियानबारे केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुले प्रशिक्षण सहजीकरण गरिएको थियो । माक्सवाद, लेनिनवाद, माओवादलगायतका विचारधाराहरूको विषयमा गहन छलफल र प्रशिक्षण भएको ज्वालामुखी गाउँपार्टी कमिटीका अध्यक्ष रम्तेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्प बिक्रम मल्ल, राम बहादुर भण्डारी, शंकर अधिकारी,  जिल्ला संयोजक मनराज भण्डरी(शैलेस) बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी थापा मगर लगायत स्थानीय नेताहरू, अगुवा कार्यकर्ता, र युवा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो । उक्त कार्यक्रमकै अवसरमा गाउँपार्टी कमिटीका पद्धाधिकारी तथा सदस्यहरुलाई सपथ तथा प्रमाणपत्र वितरण गरेको थियो।

पछिल्लो समय धादिङ जिल्लामा माओवादी केन्द्रका पार्टी केन्द्रित संगठनका अभियानहरु सक्रिय रुपमा सञ्चालन भईरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com