२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

उत्तेजित अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका हुन् । उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नहुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताए ।

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त बोलीप्रति महामन्त्री थापाले आपत्ति जनाएका हुन् । १५ जेठमा राप्रपा, राप्रपा नेपाललगायतका दल र विभिन्न राजावादी संघसंस्थाले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दूराज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com