२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा अध्यक्ष सीके राउतको ऐक्यवद्धता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सोमबार रास्वपाको पार्टी कार्यालय घण्टीघर पुगेर रविको पक्षमा हस्ताक्षर गरेका छन् । राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएक हुन् ।

हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत पार्टी पनि न्यायका लागि लडिरहेको पार्टी भएकाले न्यायकै लागि आवाज उठाउन आएको बताए ।

उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो । संगठन हौँ । त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ । राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ । तर अन्यायको कुरामा आवाज उठाउछौँ ।’

उनले थपे, ‘कसैमाथि राज्यले राजनीतिक प्रतिशोध साध्नु हुदैँन भन्ने जनताले दिएको अभिव्यक्ति हो । जुन ठाउँमा लोकतन्त्र परिस्कृत भइसकेको हुन्छ । जुन ठाउँमा शक्ति पृथकीकरण राम्रो भइसकेको हुन्छ । त्यहाँ चाहिँ हामीले अदालतलाई दोष लगाउन मिल्दैन् । जनताको आस्था ठुलो हुन्छ अदालतमाथि र न्यायलयमाथि । तर यहाँ त हामी हाकाहाकी छौँ । कसरी अदालत प्रभावित हुन्छ भनेर । जनताले हस्ताक्षर गर्दैमा अदालतको विरोध भएको रुपमा भनेर चित्रण गर्नुपर्छ भन्ने छैन् । बरु अदालतले चाँहि न्याय दिन सकोस् भन्ने रुपमा हेर्नुपर्छ उनले भने।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com