२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

नक्कली शैक्षिक प्रमाणपत्र छपाईमा संलग्न हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई  जिम्मेवारीबाट निलम्बित छ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन् ।

‘‘नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईंलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदैछौं’ कँडेलबारे रिमालले निकालेको सूचनामा छ ।

नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई रास्वपाले शुक्रबार निलम्बन गरेको हो। चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com