२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर देखीएन – प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ।

सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा: प्रकाशशरण महतले सरकारले निर्वाचनबारे अहिलेसम्म दलहरूसँग छलफल नगरेकोप्रति असन्तुष्टि जनाए ।

यद्यपि, निर्वाचन हुने विश्वस्त आधार नभएकाले संसद् पुनर्स्थापना मुद्दा पनि नछाडेको बताए। जेनजी आन्दोलनको क्रममा लोकतन्त्रको मर्ममाथि नै प्रहार गरेकाले एकताबद्ध भएर अघि बढ्ने बताए ।

उनले भने, ‘अहिले लोकतान्त्रिक मूल्य र मान्यतालाई नै थङथिलो बनाउने कोसिस भइरहेको छ। तर हामी विचलित हुँदैनौं । हामी उठ्छौं । अहिलेको आवश्यकता पार्टीभित्रको एकता हो, एकताबद्ध भएर जान्छौं । हामी सघन छलफल गरेर महाधिवेशन नेतृत्व परिवर्तनबारे निर्णयमा पुग्छौँ ।’

उनले महाधिवेशन र आगामी नीतिबारे छलफल भएपनि कार्यवाहक सभापतिबारे कुनै छलफल नभएको बताए ।

उनले जेनजी आन्दोलनबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।

बैठक भोलि पनि बस्ने र केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com