शेरबहादुर देउवाले दिए : उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।
खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् ।
जेनजी आन्दोलनमा आफ्नै निवासभित्र सांघातिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा ३४ दिनपछि आज पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन उनीहरु एकसाथ सानेपास्थित कांग्रेस कार्यालय पुगेका थिए।



